इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री साउद आफैँ जाने | Khabarhub Khabarhub

इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री साउद आफैँ जाने


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आफैँ त्यसतर्फ जाने भएका छन् ।

सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको विमान त्यसतर्फ पठाउने निर्णय गरेको हो ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।

नेपालीलाई लिन त्यसतर्फ बुधबार राती विमान जाने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको उनले बताए ।

बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडानमार्फत नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताए ।

इजरायलबाट नेपाल आउन चाहनेको विवरण सरकारले अनलाइन माध्यमबाट संकलन गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : ०० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास