टीकापुरबाट अवैध रकमसहित तीन भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

टीकापुरबाट अवैध रकमसहित तीन भारतीय नागरिक पक्राउ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

टीकापुर- कैलालीको टीकापुरबाट अवैध रकमसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई राजस्व अनुसन्धान तथा औद्योगिक शिक्षालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठका अनुसार उनीहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित पाँच सय दरका भारतीय नोटसहित ३ लाख ८७ हजार भारतीय रुपैयाँ र  ६ लाख २३ हजार  नेपाली रुपैयाँ बरामद गरेको हो । उनीहरू चढेको एक भारतीय नम्बर प्लेटको टाटा गाडी समेत नियन्त्रणमा लिइएको श्रेष्ठले बताए ।

अहिले नगदसहित समातिएका उनलाई  राजस्व अनुसन्धान तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा राखिएको छ । उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाउने तयारी भइरहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ४१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका