रिगललाई कैद माफी दिने सरकारको निर्णयविरुद्ध महिलाहरूको प्रदर्शन | Khabarhub Khabarhub

रिगललाई कैद माफी दिने सरकारको निर्णयविरुद्ध महिलाहरूको प्रदर्शन


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै महिलाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरूले रिगललाई पुनः कारगार पठाउनुपर्ने माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाह दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन् ।

महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको मर्म विपरित निर्णय गरेको भन्दै प्रदर्शनमा उत्रिन बाध्य भएको बताइन् ।

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा अदालतबाट दोषी ठहर भइ जेल परेका थिए । रिगललाई सरकारले संविधान दिवसको अवसरमा यसै महिना कारागारबाट मुक्त गरेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ४८ बजे

जनताको आश टालामा, नेताको ध्यान मालामा

काठमाडौं – ‘सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी

एमाले पदयात्रा आज बागलुङ पुग्ने

काठमाडौँ– नेकपा (एमाले)ले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ (पाँचथर)’ बाट

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान

गोरखा– बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर