सङ्खुवासभामा डेङ्गु परीक्षण कीट अभाव | Khabarhub Khabarhub

सङ्खुवासभामा डेङ्गु परीक्षण कीट अभाव


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने कीट अभाव भएको छ । कीट अभावले बिरामीलाई मर्का परेको छ । अस्पतालमा बिरामीको सङ्ख्या भने बढिरहेकोछ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यका अनुसार अस्पतालमा आउने बिरामीले डेङ्गु परीक्षण सेवा नपाएर निजी अस्पताल जानुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा तीन दिनदेखि कीट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको हो । कीटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिसकिएको छ ।

सङ्खुवासभामा साउन महिनायता डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा डेङ्गुका बिरामी बढ्दै गएपछि श्ययासमेत अभाव हुन थालेको छ । बिरामीलाई अस्पतालको ‘प्यासेज’ र सभाकक्षमा राखेर उपचार गर्नुपरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : २२ बजे

सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका

मादल बनाउन छालाको अभाव

स्याङ्जा- मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

रारा- नेपालको सबैभन्दा ठूलो र गहिरो रारा तालमा पर्यटक जोखिमपूर्ण

समयअघि फूल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

काठमाडौं- समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार

अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य

काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २