पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरु गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसी क्यामरा जडान सुरु गरिएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा जडान सुरु गरिएको बताए ।

उनका अनुसार ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवतीबहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ११२ वटा सिसी क्यामरा जडान हुनेछन् ।

यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि परिषद्को अगुवाइमा सिसी क्यामरा जडानलाई अगाडि बढाइएको बताए ।

विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ३१ बजे

तेल बोकेको ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते

साङ्केतिक तस्बिर बागमती – पेट्रोल लोड ट्याङ्करको टायर पड्किँदा आज

इरानले तेहरानमा खन्न थाल्यो रक्षात्मक सुरुङ !

एजेन्सी – इरानले राजधानी तेहरानको मेट्रो नेटवर्कभित्र आफ्नो पहिलो ‘रक्षात्मक’

चिवर दान उत्सव सम्पन्न

काठमाडौं – बौद्ध धर्मावलम्बीले विश्व शान्ति विहारमा आज चिवर दान

मर्दी हिमालमा गाइड बेपत्ता, खोजीकार्य सुरु

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा

एक महिनापछि खोलियो हनुमाननगर कङ्कालिनीको ताला

सप्तरी – हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लगाइएको