चितवनको विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिँदै | Khabarhub Khabarhub

चितवनको विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिँदै


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको खैरहनी नगरपालिकाले विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्ने भएको छ । बिहान र बेलुका गृहकार्य गराउन शिक्षक पठाउने गरी नगरपालिकाले कक्षा सञ्चालन गर्न लागेको हो ।

नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालनमा ल्याउन लागेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख शशीकुमार खनियाले बताए ।

उनका अनुसार कम्तीमा २० स्थानमा गृहकार्य कक्षा सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको छ । विपन्न १५ जना बालबालिका जुटेपछि ती स्थलमा समयको व्यवस्थापन गरेर बस्तीमा नै शिक्षक पुगेर नियमित गृहकार्य कक्षा सञ्चालन गर्ने छन् । कक्षा सञ्चालनका लागि पढाउने ठाउँ नगरपालिकाले नै व्यवस्थापन गर्ने छ ।

उनले भने, ‘स्कुलमा पढेर मात्र पुग्दैन । घरमा अभिभावकले पढाउन नसक्ने ठाउँमा हामीले गृहकार्य कक्षा सञ्चालन गर्न लागेका हौँ ।’

घरमा पढ्ने ठाउँसमेत व्यवस्थित नभएका बस्तीमा कार्यक्रम सञ्चालन गरिने छ । यसले पढ्ने बानीको विकास गराउने प्रमुख खनियाको विश्वास छ ।

नगरपालिकाले कक्षा ८ र १० का विद्यार्थीलाई बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म यस वर्ष पनि पढाउने तयारी गरेको छ ।

गत वर्ष १० कक्षालाई मात्रै पढाइएकोमा यस वर्ष कक्षा ८ पनि थप गरिँदै छ । अति विपन्नको हकमा वडाको सिफारिसमा परीक्षाको समयमा खानाको समेत व्यवस्थापन गर्ने नीति नगरपालिकाले लिएको नगरप्रमुख खनियाले जानकारी दिए ।

नगरभित्र विपन्न परिवारलाई निःशुल्क पढाउने गरी १० जोड दुईमा विज्ञान विषयको समेत पढाइ थालिएको छ । खैरहनी माविमा नगरपालिकाको सहयोगमा विज्ञान पढाइ सुरु गरिएको हो । 

विज्ञान विषयको पढाइमा सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । अन्य व्यक्ति र सङ्घ संस्थाको सहयोगमा विज्ञान पढ्ने विद्यार्थीलाई साइकल, खाजा र पोसाकको समेत व्यवस्था गरिएको छ ।

अन्य विषयमा कक्षा ११ का विद्यार्थीलाई विद्यालयले पाँच प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत छात्रवृत्तिसमेत दिन सुरु गरेको छ ।

नगरभित्र विषयगत युवा स्वयंसेवक शिक्षक राखिएका छन् । नगरपालिकाको सहयोगमा हाल ५८ जना विषयगत युवा शिक्षक कार्यरत रहेको खनियाले जानकारी दिए ।

विज्ञान, अङ्ग्रेजी, कम्प्युटर र गणित विषयमा आधारभूत र माध्यमिक तहमा शिक्षक राखिएका हुन् । विद्यालयमा पठनपाठन उत्कृष्ट होस् भन्नका लागि विद्यालयमा राम्रो पढाउने शिक्षकलाई अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । विद्यार्थीको नतिजाको आधारमा ‘क’ र ‘ख’ वर्गका विद्यालयका शिक्षकलाई भत्ता दिइँदै आइएको छ । 

दलित सबै र विपन्न छात्राका लागि स्नातक तहमा समेत निःशुल्क पढाइ सुरु गरिएको छ । सामुदायिक क्याम्पसमा स्नातक तहमा ती विद्यार्थीलाई निःशुल्क गरिएको हो । यसका अतिरिक्त अन्य विपन्नका लागि पनि अवस्था हेरेर छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

नगरपालिकाका उपप्रमुख कविता उप्रेतीका अनुसार विद्यालयमा अध्यक्ष पद रिक्त रहेका ठाउँमा स्वतः वडा अध्यक्षले जिम्मेवारी लिइ कामकाज नियमित सञ्चालन भइरहेको छ ।

नगरपालिकाले कार्यविधि बनाएर शिक्षक मिलानको काम गरेको छ भने प्रधानाध्यापकको व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ छ ।

सबै सामुदायिक विद्यालयमा जनक शिक्षा सामग्री केन्द्रको एउटै पाठ्यपुस्तक लागू गरिएको छ । उप्रेतीका अनुसार नगरभित्रका विद्यालयमा पठनपाठन कसरी उत्कृष्ट बनाउन सकिन्छ भनेर नगरपालिकाले विभिन्न गतिविधि गर्दै आएको छ । नगरपालिकाभित्र ५१ विद्यालय रहेका छन् । तीमध्ये २७ सामुदायिक छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ११ : ५२ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध