सवारी दुर्घटनामा एक युवकको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एक युवकको मृत्यु


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

दमक– नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं ६ का एक युवकको मृत्यु भएको छ ।

कन्काइ नगरपालिका-८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१च ७८३९ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहाललाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १ : १९ बजे

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी