तिहार नजिकिएसँगै माला गाँस्न भ्याइनभ्याइ « Khabarhub

तिहार नजिकिएसँगै माला गाँस्न भ्याइनभ्याइ


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । 

घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर  फूल टिपेर माला बनाउन थालेका छन्। यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगर पनि तिहारका लागि आजदेखि फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१४ मा फूल खेती गर्दै आएका वीरेन्द्र खड्काले पनि फूल टिपेर माला बनाउन थालेको बताए। उनले विगतमा तिहारको समयमा  सात लाखभन्दा बढीको फूल बिक्री गरेको बताए।

लोकेन्द्र, इन्द्रा र वीरेन्द्र जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि फूल बिक्रीको तयारी थालेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरूको भनाइ छ । माला बनाएर शीतभण्डारमा राख्ने तर्खरमा किसान छन् । जिल्ला बाहिरबाट समेत फूलको माग आएको घोराही उपमहानगरपालिका–१४, झिगौरास्थित जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताए । 

‘जिल्लाभित्रैकै माग धेरै छ’, उनले भने। रोका मगरले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका हुन् । उनले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गरेका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दसैँतिहारलगायत पर्व तथा अरु बेला फूलको माग आउन थालेपछि फूलखेती गर्न थालेका हुन् । ‘दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाडौँमा फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले पनि सुरु गरेको हुँ’, रोका मगरले भने ।

रोका मगरले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको समस्या नभएको उ। जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेको बताए । फूलको माग दसैँतिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ । 

जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत रोका मगरको आग्रह छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत ७ वर्षपहिले देखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएका हुन् । उनले पनि अहिले फूल टिपेर माला बनाउन थालेका छन् । तिहारका लागि माग हुन थालेको उनको भनाइ छ । 

‘माला बनाउन थालेका छौँ’, उनले भने । प्रति माला रु ८० देखि रु दुई सयसम्ममा बिक्री गर्ने गरेको बुढाले बताए। जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनले बताए।  अहिले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको बुढाले बताए ।  

एकदुई कट्ठाबाट सुरु भएको जिल्लाको फूलखेती हाल आएर २५ बिघामा पुगेको छ भने ५० भन्दा बढी किसान व्यावसायिक रूपमै फूलखेतीमा जोडिएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीयको उत्पादनलाई बढावा दिन सर्वसाधारणमा कृत्रिम फूलको प्रयोग नगरी प्राकृतिक फूलका माला प्रयोग गर्न र अटेरी गरे कारबाही सहितको सूचना जारी गरेका छन् ।  

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ५ : ४९ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता