यू-१९ एसिया कपः आज दुई खेल हुँदै, नेपाल र भारतको प्रतिस्पर्धा भोलि « Khabarhub

यू-१९ एसिया कपः आज दुई खेल हुँदै, नेपाल र भारतको प्रतिस्पर्धा भोलि


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारदेखि सुरु भएको एसिसी यू–१९ एसिया कप अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगितामा आज समूह ‘बी’ अन्तर्गतका दुई खेल हुन लागेका हुन्।

पहिलो खेलमा युएईले श्रीलंकाको युवा टिमको सामना गर्नेछ भने दोस्रो खेलमा जापानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन्। समूह ‘बी’मा श्रीलंका र बंगलादेशले पहिलो खेलमा जित निकाल्दै दुईदुई अंक जोडेका छन् भने जापान र युएई अंकबिहीन छन्।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुईदुई खेल खेलिसकेका छन्। पाकिस्तानले दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ भने भारत र अफगानिस्तानले दुई दुई अंक जोडेका छन्। समूह ‘ए’मा नेपाल भने अंकबिहीन छ। पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो। तेस्रो खेलमा नेपालले मंगलबार भारतको सामना गर्दैछ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : १० बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको