स्पेनिस ला लिगा : बार्सिलोनालाई हराउँदै गिरोना शीर्षस्थानमा | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनालाई हराउँदै गिरोना शीर्षस्थानमा


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा गिरोनाले बार्सिलोनामाथि सानदार जित हासिल गरेको छ । 

गएराति सम्पन्न खेलमा बार्सिलोनालाई ४–२ गोलले हराउँदै गिरोनाले सहज जित निकालेको हो ।

गिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नान्डेज र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीइके गुनडोगानले एकएक गोल फर्काएका थिए ।

यो जितसँगै गिरोना लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । १६ खेलबाट गिराेनाले ४१ अङ्क बनाएको छ भने दोस्रो स्थानको रियल म्याड्रिडको ३९ अङ्क छ । पराजित भएको बार्सिलोना ३४ अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ५९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार