जलवायु परिवर्तन चर्चामा रहनु धेरै अघि नै एक भारतीय महिला वैज्ञानिकले एउटा यस्तो डिभाइसको निर्माण गर्न सङ्घर्ष गरी रहेकी थिइन्, जसले वातावरणको बारे पूर्व सूचना दिन्छ। तिनै वैज्ञानिक अन्ना मुनीको बारे धेरैलाई जानकारी नहुन सक्छ।
उनको जन्म हाल केरेलामा पर्ने ट्राभनकोरमा मनीको जन्म सन् १९१२ मा भएको थियो। आफैले मौसमको बारे जानकारी दिने यन्त्र निर्माण गरेर आत्मनिर्भर बनाउन उनको महत्त्वपूर्ण भूमिका थियो ।
उनले वैज्ञानिकहरूलाई ओजन तहको बारे जानकारी लिन पनि धेरै सहज गराएकी थिइन्। सन् १९६४ मा उनले ओजोनोसेडको आविष्कार गरेकी थिइन्। सो यन्त्र बेलुनमा राखेर उडाउँदै जमिनको ३५ किलोमिटरसम्मको दबाब पत्ता लगाएर ओजन तहको बारे जानकारी दिने गरेको थियो।
हरित प्रविधि अति आवश्यक ठहर हुनु भन्दा धेरै वर्ष अघि नै मुनीले यसका लागि भारतमा आधार खडा गरी सकेकी थिइन्। उनले हावाको ऊर्जाका लागि १ सय ५० भन्दा बढी साइटमा अध्ययन गरेकी थिइन्।
सन् १९८० देखि तिनै मुनीको ओजोनोसेड भारतीयले अन्टारटीकामा नियमित प्रयोग गरेका छन्। त्यसै समयमा भौतिक शास्त्री जोसेफ फोरम्यानले सन् १९८५ मा दक्षिणी गोलार्धमा ओजन तहमा ठुलो प्वाल परेको कुरा पत्ता लगाएका थिए। यसै बापत उनले नोबेल पुरस्कार समेत पाए।
मुनीले पत्ता लगाएको डेटाको आधारमा त्यसपछि भारतीय वैज्ञानिकले जोसेफको आविष्कारसँग समन्वय गर्दै नयाँ तथ्यको खोजी गर्न लागेका थिए। अहिले हरित प्रविधि अति आवश्यक ठहर हुनु भन्दा धेरै वर्ष अघि नै मुनीले यसका लागि भारतमा आधार खडा गरी सकेकी थिइन्। उनले हावाको ऊर्जाका लागि १ सय ५० भन्दा बढी साइटमा अध्ययन गरेकी थिइन्।
धेरै विकट ठाउँमा रहेका ती साइटमा उपकरण राख्नका लागि ती वैज्ञानिक एउटा सानो समूह लिएर जाने गरेकी थिइन्।
मुनीकै बारे वातावरणविद् श्रीधरनले दिएको जानकारी अनुसार मुनीको आविष्कारका लागि देशभर हावाको ऊर्जाको अभ्यास सुरु भइसकेको छ। महिलाका लागि उच्च शिक्षा नै कठिन मानिएको सो समयमा मुनीले धैर्यतापूर्वक आफ्नो अभियानलाई निरन्तरता दिएकी थिइन्। आफू एक जना मात्र यस विषयको वैज्ञानिक भएको समयमा पनि उनले युवाहरूलाई सचेत गराउँदै हिँडेकी थिइन्।
सन् १९८० देखि तिनै मुनीको ओजोनोसेड भारतीयले अन्टारटीकामा नियमित प्रयोग गरेका छन्। त्यसै समयमा भौतिक शास्त्री जोसेफ फोरम्यानले सन् १९८५ मा दक्षिणी गोलार्धमा ओजन तहमा ठुलो प्वाल परेको कुरा पत्ता लगाएका थिए।
धनी परिवारमा जन्मिएकी मुनी आमा बाबुको आठ सन्तान मध्ये आठौँ थिइन्। उनको आठौँ जन्म दिनको आमा बाबुले हिराको गहना उपहार दिँदा त्यसलाई अस्वीकार गर्दै मुनीले इन्साइक्लोपेडियाको माग गरेकी थिइन्। वैज्ञानिक अबा सुरका अनुसार टिनएजमा उनका सबै दिदी बहिनीको विवाह हुँदा पनि उनले अध्ययनलाई नै प्राथमिकता दिएकी थिइन्। त्यस समयमा उनको परिवारको प्रेरणा र अवरोध दुवै भएको थिएन।
मौसमविद बन्ने उनको चाहनामा भने परिवारको पूर्ण असहमति थियो। सम्भ्रान्त परिवारमा जन्मेर त्यस अनुसारको काम नभएको परिवारको जिकिर थियो। उनको पनि चाहना भने चिकित्सा शास्त्रको अध्ययन गर्ने थियो। यसमा पनि समस्या भएपछि उनले भौतिक शास्त्र बढेकी थिइन्।
भारत बेलायती उपनिवेशबाट मुक्त भएको केही वर्षपछि सन् १९४८ मा भारतमा नै फिर्ता भइन्। त्यसपछि मौसम विभागमा जागिरे भइन्। आफूले अध्ययन गरेको अनुसार यन्त्र निर्माण गर्न सुरु गरिन्। सो समयमा उनले पत्ता लगाएको र बनाएको यन्त्र अहिले पनि संसारका धेरै देशमा प्रयोग भइरहेका छन्।
हालको चेन्नाइ तथा त्यस समयको मद्रासको प्रेसिडेन्सी कलेजमा औपचारिक शिक्षा पाएकी उनले नोबेल पुरस्कार विजेता सिभी रहमानको प्रयोगशालामा पाँच वर्षमा हिराको तत्त्वहरूको बारे अध्ययन गरेर बिताएकी थिइन्। त्यसपछि उनले विदेशमा अध्ययनका लागि छात्रवृत्ति पाएकी थिइन्। त्यो छात्रवृत्ति भौतिक शास्त्रको अध्ययनका लागि मात्र थिएन। त्यस समयमा ग्रामीण भेगमा अति आवश्यक रहेको मौसम सम्बन्धी उपकरणका लागि पनि थियो। श्रीधरणले लेखे अनुसार मुनीले त्यस समयको अत्यधिक उपयोग गरेकी थिइन्।
तीन वर्ष उनले मौसम सम्बन्धी सबै उपकरणको अध्ययन गरिन्। तिनीहरूको बनावट, काम गर्ने शैली र त्यसमा प्रयोग हुने सबै पदार्थको बारे उनले अध्ययन गरेकी थिइन्।
भारत बेलायती उपनिवेशबाट मुक्त भएको केही वर्षपछि सन् १९४८ मा भारतमा नै फिर्ता भइन्। त्यसपछि मौसम विभागमा जागिरे भइन्। आफूले अध्ययन गरेको अनुसार यन्त्र निर्माण गर्न सुरु गरिन्। सो समयमा उनले पत्ता लगाएको र बनाएको यन्त्र अहिले पनि संसारका धेरै देशमा प्रयोग भइरहेका छन्।
तिनीहरूले यस किसिमका १ सय भन्दा बढी यन्त्र निर्माण गर्न कार्यशाला स्थापना गरेकी थिइन्। सो स्थानमा वर्षा, तापक्रम र वातावरणीय दबाब नाप्नका लागि ती यन्त्रको प्रयोग हुने गरेका थिए। उनले यसको इन्जिनियरिङ काम पनि गरेकी थिइन्। जसका कारण यी सबै कुराको अध्ययन सहज हुने गरेको थियो।
कामको सिलसिलामा कुनै गल्ती भएमा यसलाई मानवीय गल्ती नभनेर महिला भएका कारण जनाइएको थियो। औपचारिक अध्ययनको क्रममा उनले प्रयोगशालामा सामान चलाउने अवसर पनि कमै पाउने गरेकी थिइन्।
मुनीले नै सौर्य विकिरण नाप्ने यन्त्रका बारे अध्ययन गरेर भारतलाई नयाँ बाटो दिएकी थिइन्। यसै अध्ययन पछि सौर्य किरणको आधारमा धेरै ऊर्जा केन्द्र भारतमा बने। यसले भारतलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा नयाँ सफलता दिलाएको थियो।
विज्ञानमा पश्चिमा देशको एकाधिकार रोक्नका लागि प्रयोगमा नआएसम्म ती सबै सूचना गोप्य राखिएको श्रीधरनले जनाएका छन्। यत्ति ठुलो सफलता पाएकी मुनीले भेदभावको लामो शृङ्खला नै सहेकी छिन्। रहमानले नै आफ्नो प्रयोगशालामा सीमित महिलालाई मात्र स्थान दिने गरेका थिए। त्यसमा पनि कडा प्रावधानका साथ। त्यस समयमा मुनीका साथै अन्य महिला वैज्ञानिकले सावधान रहँदै आफूलाई सङ्कुचित गराएर वैज्ञानिक योजनाका बारे सल्लाह गर्ने गरेका थिए।
उनले पुरुष साथीहरूबाट पनि भेदभावको सामना गरेकी थिइन्। कामको सिलसिलामा कुनै गल्ती भएमा यसलाई मानवीय गल्ती नभनेर महिला भएका कारण जनाइएको थियो। औपचारिक अध्ययनको क्रममा उनले प्रयोगशालामा सामान चलाउने अवसर पनि कमै पाउने गरेकी थिइन्।
अविवाहिता रहेकी उनलाई आफ्नो निर्णयमा कहिल्यै पनि गुनासो रहेन। त्रीबेन्दपुरममा रहेको आफ्नै निवासमा उनले सन् २००१ मा देह त्याग गरिन्। उनलाई अन्तिमसम्म पनि आफ्नो कर्ममा सधैँ गर्व थियो।
सन् १९६० मा मुनीले भारतीय महासागरको अन्तर्राष्ट्रिय भ्रमणको अवसर पाएकी थिइन्। सो समयमा दुई जहाज ऋतुको अध्ययन गर्ने यन्त्रसहित थिए। उनले ती यन्त्रको प्रयोग गर्ने अवसर नै पाएनन्। सन् १९९१ मा उनले दिएको अन्तरवार्तामा जल सेनाको साथमा भारतीय महिलालाई साथमा जान अनुमति दिइँदैन थियो। तथापि उनलाई पितृसत्तात्मक समाज प्रति कहिले पनि गुनासो रहेन।
अविवाहिता रहेकी उनलाई आफ्नो निर्णयमा कहिल्यै पनि गुनासो रहेन। त्रीबेन्दपुरममा रहेको आफ्नै निवासमा उनले सन् २००१ मा देह त्याग गरिन्। उनलाई अन्तिमसम्म पनि आफ्नो कर्ममा सधैँ गर्व थियो। स्रोतः बीबीसी
प्रतिक्रिया