समाचार

संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा

By खबरहब

December 11, 2023

काठमाडौँ– संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन् ।

२०७७ वैशाख २२ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।