शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो | Khabarhub Khabarhub

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

दमौली– बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भीड लागेको गाउँपालिकाका प्रवक्ता एवं देवघाट-५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । 

उनले भने, ‘आज  शतबीज छर्नका लागि हिजोेदेखि नै हजारौँ सङ्ख्यामा भक्तजन आइपुगेकाले  यहाँको शान्ति सुरक्षाका लागि प्रबन्ध गरेका छौँ ।’ शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी थप गरिएको छ । उनले भने, ‘रातिको समयमा उज्ज्यालो बनाउन बत्तीको व्यवस्था र सवारी साधनको सहज व्यवस्थापनका लागि पार्किङको समेत व्यवस्था मिलाइएको छ ।’

प्रवक्ता कुँवरका अनुसार तनहुँका अतिरिक्त गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँ, झापा, सुनसरी, मोरङलगायत जिल्लाबाट भक्तजन आएका छन् । देवघाटमा छरिने शतबीजको ठूलो महिमा रहेकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृहरूको उद्धारका लागि  देवघाट आएका छन् ।

भक्तजनको सुरक्षाका लागि दमौली र चितवनबाट प्रहरीहरू थप गरिएको देवघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । त्रियोदशकीको साँझ देवघाटधाममा पितृजनको सम्झनामा रातभर जागाराम बसेर बत्ती बाल्ने र आज बाला चतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ ।

 शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : १७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः