शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो « Khabarhub

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

दमौली– बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भीड लागेको गाउँपालिकाका प्रवक्ता एवं देवघाट-५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । 

उनले भने, ‘आज  शतबीज छर्नका लागि हिजोेदेखि नै हजारौँ सङ्ख्यामा भक्तजन आइपुगेकाले  यहाँको शान्ति सुरक्षाका लागि प्रबन्ध गरेका छौँ ।’ शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी थप गरिएको छ । उनले भने, ‘रातिको समयमा उज्ज्यालो बनाउन बत्तीको व्यवस्था र सवारी साधनको सहज व्यवस्थापनका लागि पार्किङको समेत व्यवस्था मिलाइएको छ ।’

प्रवक्ता कुँवरका अनुसार तनहुँका अतिरिक्त गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँ, झापा, सुनसरी, मोरङलगायत जिल्लाबाट भक्तजन आएका छन् । देवघाटमा छरिने शतबीजको ठूलो महिमा रहेकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृहरूको उद्धारका लागि  देवघाट आएका छन् ।

भक्तजनको सुरक्षाका लागि दमौली र चितवनबाट प्रहरीहरू थप गरिएको देवघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । त्रियोदशकीको साँझ देवघाटधाममा पितृजनको सम्झनामा रातभर जागाराम बसेर बत्ती बाल्ने र आज बाला चतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ ।

 शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : १७ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको