समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली | Khabarhub Khabarhub

समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अव दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एक बहुमतको सरकार आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको धारण राखे ।

उनले एमाले सरकारले गरेका कामबाट तर्सेर बिभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गरे । एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै बैकल्पीक शक्ति नरहेको स्पष्ट भएको उनले बताए ।

उनले एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडक लगाएतका बिकासका काम गरको भन्दै तर्सिनुपर्ने, डराउनुपर्ने र अल्मलिनुपर्ने अवस्था नरहेको उल्लेख गरे।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : १८ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै