समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली « Khabarhub

समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अव दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एक बहुमतको सरकार आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको धारण राखे ।

उनले एमाले सरकारले गरेका कामबाट तर्सेर बिभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गरे । एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै बैकल्पीक शक्ति नरहेको स्पष्ट भएको उनले बताए ।

उनले एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडक लगाएतका बिकासका काम गरको भन्दै तर्सिनुपर्ने, डराउनुपर्ने र अल्मलिनुपर्ने अवस्था नरहेको उल्लेख गरे।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : १८ बजे

हवानामा प्रदीप ज्ञवालीले भने, ‘लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न’

काठमाडौँ- नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि