ओमानमा २४ नेपाली युवा अलपत्र  | Khabarhub Khabarhub

ओमानमा २४ नेपाली युवा अलपत्र 



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली युवा अलपत्र परेका छन्। विगत चार महिनाअघि ओमान पुगेका उनीहरूले सम्झौताअनुसारको कम्पनी नभेटिएको बताएका छन्।

अल कौसर ह्युमन रिसोर्स प्रालिका सञ्चालक अबुदल्ला ए टाक्सन र काजी मियाबाट १५० ओमानी रियल (करिब ५० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने आश्वासन पाएर प्रतिव्यक्ति १ लाख ५५ हजार हजारसम्म बुझाएर ओमान आएको उनीहरूले बताएका छन्।

राम्रो कमाई हुने भन्दै ओमानको अल नसीम इन्जिनियरिङ् सर्विसेस कम्पनीको बिल्डिंग कन्ट्क्शनको कामका लागि भनेर पठाए पनि यहाँ आउँदा कम्पनी नै नभेटिएपछि एक सप्लाई कम्पनीमा काम गर्न थालेको र तीन महिना काम गरेपछि एक महिनाको तलब मात्रै पाएको उनीहरूले बताएका छन्। त्यसपछि त्यो कम्पनीले पनि उनीहरूलाई कामबाट निकालिदिएको थियो।

उद्धारको पर्खाइमा विगत एक महिनादेखि कोठामै बसिरहेको पीडित मध्यका एक केदार विश्वकर्माले जानकारी दिए। उनले भने, ‘म्यानपावरलाई धेरै पटक सम्पर्क गरेर उद्धारको आग्रह गर्‍यौ हाम्रो कुरै सुनेन।’

ओमानस्थित नेपाली दूतावासलाई  समस्या बारे जानकारी गराए पछि दूतावासले कम्पनीलाई आफूहरूको समस्या समाधान गर्न एक हप्ताको समय दिएको भए पनि दुई हप्ता बितिसक्दा पनि कुनै सुनुवाइ नभएको पीडितहरूले खबरहबसँग गुनासो पोखेका छन्। ओमानीले खानाको लागि भनेर दिएको पैसा पनि सकिएको भन्दै आफू अब भोक भोकै पर्ने अवस्था आएको उनीहरु बताउँछन्।

आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल नभएको उनीहरूको भनाइ छ। यस विषयमा म्यानपावरका सञ्चालक मध्यका एक काजी मियालाई  सम्पर्क गर्दा बोल्न चाहेनन्।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ८ : २४ बजे

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन