माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का « Khabarhub

माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ।

दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ। यद्यपि अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन्। पार्टीभित्र उनलाई सभामुख बन्न दबाब बढेको हो।

धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन्। ‘उहाँलाई सभामुख बन्नुस् भनेका छौँ। अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने, ‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ।’ गण्डकीमा पाँचै वर्ष सभामुख माओवादीले पाउने निर्णय शीर्ष नेताहरुको छ।

यहाँको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले शपथ लिइसकेका छन्। माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन्। सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ। संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भइसक्नुपर्ने व्यवस्था छ।

१८ पुसमा बसेको पहिलो बैठक हिसाब गर्दा २ माघ कटाउन मिल्दैन। सकेसम्म बिदाकै दिन भए पनि बैठक बसेर सभामुख चयन गरिने संसद् सचिवालयले जनाएको छ। यद्यपि दलहरूबिच बैठक बस्न बाँकी रहेको बताइएको छ। धिताल गोरखा १ (१) बाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १२ : ०७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।