वन क्षेत्रको सिमसार संरक्षणमा सरोकारवालाकाे जोड | Khabarhub Khabarhub

वन क्षेत्रको सिमसार संरक्षणमा सरोकारवालाकाे जोड


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपुर– वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सिमसार क्षेत्रले जैविक विविधता संरक्षण गर्ने हुनाले सिमसारको संरक्षणमा जुट्नुपर्ने बताए । 

‘पर्यावरण स्वच्छ राख्नका लागि जैविक विविधताको महत्वपूर्ण भूमिका रहन्छ’, उनले भने, ‘त्यसका लागि हाम्रो वरपर रहेका सिमसार तथा प्राकृतिक तालतलैयाको संरक्षण गर्नुपर्छ ।’ उनले नारायणी नदी सफाइ अभियानमा नगरपालिकासँगै विभिन्न सङ्घसंस्थाको सहयोग रहेको उल्लेख गर्दै संरक्षणको क्षेत्रमा स्थानीय सरकारसँगै समुदायको पनि सहभागिता आवश्यकता रहेको बताए। 

गैँडाकोट नगरपालिका-५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले सिमसार क्षेत्र पुनःस्थापना र नारायणी नदी संरक्षण गर्नु अहिलेको आवश्यकता भएको बताए। उनले संरक्षणमा सबैको सहभागिताका लागि नारायणी नदीमा आश्रित बोटे, माझीलगायतका समुदायको भूमिका लागि सरकारले आवश्यक पहल गर्दै अघि बढ्नुपर्ने बताए। नगरबाट उत्पन्न हुने फोहरमैला व्यवस्थापन तथा समस्या समाधानमा विज्ञसहितको समूहले काम गरिरहेको सापकोटाले बताए। 

नारायणी नदीको जलाधार तथा तटीय क्षेत्रमा रहेका सिमसार क्षेत्र पुनःस्थापना र नारायणी नदी तटीय क्षेत्रको संरक्षणमा सामूहिक प्रयास तथा कार्ययोजनाअन्तर्गत विभिन्न चरणमा स्थानीय र असुरक्षाकर्मीलाई सहभागी बनाएर नारायणी जलसंवाद तथा अन्तरक्रिया कार्यक्रम गरिएको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताए । कार्यक्रममा सवडिभिजन वन कार्यालय गैँडाकोटका दिनेश केसीले सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि काम गरिरहेको बताए। गैँडाकोटमा विभिन्न वनसँगको सहकार्यमा काम भइरहेको उनको भनाइ छ ।

कार्यक्रममा सहमतिको सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश बास्ताकोटीले सिमसार संरक्षणमा सबैको हातेमालो आवश्यक भएको बताए। उनले सिमसार क्षेत्र पुनःस्थापना र नारायणी नदी तटीय क्षेत्र संरक्षणका लागि गर्नुपर्ने काम र यसले पुर्‍याउने फाइदाका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

विगतका केही वर्षदेखि नवलपुर क्षेत्रका सिमसार सुक्ने कार्य जारी रहेको भन्दै यसको संरक्षणमा निकुञ्ज प्रशासन वन कार्यालयसँगै राज्यका अन्य निकायको ध्यानाकर्षण हुनुपर्ने बास्ताकोटीले बताए। जिल्लाका सिमसार क्षेत्र सुक्दै जाँदा यहाँ आश्रित जलपक्षी पनि हराउँदै गएका छन् । ‘केही वर्ष अघिसम्म जिल्लामा सहजैरुपमा देखिने पानीचरा अहिले देख्नै मुस्किल भएको छ’, बास्ताकोटीले भने, ‘संकटापन्न अवस्थामा पुगेका पानीचरा तथा सिमसारमा आश्रित जीवको संरक्षणले मात्रै मानव समुदायको अस्तित्व रक्षा हुन्छ ।’ संरक्षण कार्यमा गैरसरकारी संस्थाले काम गरिरहेको भए पनि यसमा राज्य र स्थानीय समुदायको साथ महत्वपूर्ण रहने बास्ताकोटीको भनाइ छ । 

नदी र सिमसार संरक्षणसम्बन्धी कार्यक्रममा सहभागीले नदी तथा सिमसार संरक्षणका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्दै त्यसका लागि सबै क्षेत्रबाट काम गर्नुपर्ने बताए। सिमसार क्षेत्र पुनःस्थापना र नारायणी नदी संरक्षणका लागि सबै एकजुट हुनुपर्ने उनीहरूको भनाइ थियो ।

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १२ : २१ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी