आजपा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने « Khabarhub

आजपा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो ।

एकताका लागि आम जनता पार्टीबाट बद्री न्यौपाने र उमेश कुशवाह तथा माओवादी समाजवादीबाट तिलक थापामगर र रगनाथ ढकाल रहेको समिति गठन गरिएको छ ।

एकतापछि नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । उनका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानमा आजपा लागेको हो ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट ३ बाट लगातार चौथोपटक निर्वाचित भएका साहले केही समयअघि आफ्नै नेतृत्वमा पार्टी गठन गरेका हुन् । 

आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवानलगायत सयौँ आम जनता पार्टीमा प्रवेश गरेका थिए । पूर्वसहरी विकास राज्यमन्त्री एवं काठमाडौँ ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि आजपामै आवद्ध भएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ४ : ११ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि