कम्बोडियामा चट्याङ लागेर ६३ जनाको मृत्यु भएको « Khabarhub

कम्बोडियामा चट्याङ लागेर ६३ जनाको मृत्यु भएको


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नोमपेन्ह– कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप नियन्त्रणका प्रवक्ताले बिहीबार बताए ।

मृत्यु बाहेक, चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन समिति (एनसीडिएम) का प्रवक्ता सोथ किम कोल्मोनीले बताएका छन्  । उनी चट्याङ लाग्नबाट जोगाउने जनचेतनामा कमी आएको जानकारी दिए  ।

‘चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले हावाहुरी वा वर्षा हुँदा घर वा आश्रयमा बस्नुपर्छ,’ उनले भने।

एनसीडीएमले उच्च जोखिममा रहेका प्रान्तहरूको वास्तविक आवश्यकताहरूको समीक्षा र मूल्याङ्कन गर्न भ्रमण गर्ने र ती प्रान्तहरूमा बिजुली संरक्षण उपकरणहरू स्थापना गर्नुअघि स्वीकृतिको लागि नेताहरूलाई जानकारी गराउने  उनले बताए ।  प्रवक्ताका अनुसार मेदेखि अक्टोबरसम्म वर्षायाममा चट्याङ लाग्ने गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ४ : ३८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित