कर्णालीका मुख्यमन्त्री शर्माले लिए शपथ  « Khabarhub

कर्णालीका मुख्यमन्त्री शर्माले लिए शपथ 


२८ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्  । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

मुख्यमन्त्रीले शपथ लिएसँगै उनको नेतृत्वमा गठित तीन सदस्यीय मन्त्रिपरिषद् सदस्यमा नियुक्त मन्त्री मंगलबहादुर शाही र विनोदकुमार शाहले पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको बुधबार बसेको बैठकबाट दुवै दलले आधा-आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने, मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी तथा तीन मन्त्रालय एमालेले लिने र आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एउटा घटाएर सात मन्त्रालय कायम गर्ने सहमति भएको थियो । 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ५ : १९ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर