गोरखाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन « Khabarhub

गोरखाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गोरखा– जिल्लाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । दुई नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाका सबै पालिकाबाट यही पुस २५ गते उक्त परिचयपत्रका लागि विवरण संकलन अभियान सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। अभियानका क्रममा जिल्लाभरबाट अहिलेसम्म कुल एक लाख १५ हजार नौ सय ८७ जनाको विवरण संकलन भइसकेको  उनले बताए ।

गोरखा नगरपालिकाबाट १८ हजार आठ सय ३१, पालुङटार नगरपालिकाबाट १८ हजार सात सय ४९, सिरानचोक गाउँपालिकाबाट  नौ हजार नौ सय ८६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । त्यस्तै अजिरकोट गाउँपालिकाबाट पाँच हजार पाँच सय ९८, आरुघाट गाउँपालिकाबाट आठ हजार ८४, गण्डकी गाउँपालिकाबाट १३ हजार छ सय दुई, धार्चे गाउँपालिकाबाट पाँच हजार नौ सय तीन जनाले फारम भरेका थिए । 

त्यसैगरी  भीमसेन थापा गाउँपालिकाबाट  छ हजार छ सय ९५, बारपाक सुलिकोट गाउँपालिकाबाट नौ हजार चार सय ८६, सहिद लखन गाउँपालिकाबाट १४ हजार दुई सय ९० र चुमनुव्री गाउँपालिकाबाट दुई हजार एक सय ३१ जनाले फारम भरेका छन् । त्यसबाहेक अन्य दुई हजार चार सय ३२ जनाले परिचयपत्र बनाएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गोरखामा गत साउन १५ गतेदेखि  राष्ट्रिय परिचयपत्रका लागि  विवरण संकलन अभियान सुरु भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ६ : २२ बजे

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुरा भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ 

म्याग्दी– धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी