शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि प्रतिवद्ध छु : गृहमन्त्री « Khabarhub

शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि प्रतिवद्ध छु : गृहमन्त्री


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका उद्योगीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग उद्योगीले भोगेका समस्याको बारेमा छलफल गरेका छन् । चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा आज छलफल भएको हो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा भएको छलफलमा संघका उपाध्यक्ष युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरूका समस्या र समाधानका लागि सुझावहरू सहितका विषयमा लामिछानेलाई जानकारी गराएका थिए ।

जानकारीपछि गृहमन्त्री लामिछानेले संघले अघि सारेका परियोजना निकै महत्वपूर्ण रहेको बताए । आफूलाई चितवनका जनताले दिएको मतको कदर गर्दै आफूले उद्योगीहरूको समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य लिएको समेत उनले बताए । 

कालिका नगरपालिकामा डीपीआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफूहरूले अगाडि देखिनै चासोका साथ हेर्दै आइरहेको उनले बताए । 

उनले शक्तिखोर औद्योगिक क्षेत्र विशेष प्राथमिकतामा राखेकोले आफ्नो कार्यकालमा यसको सञ्चालनको लागि आफू पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ६ : २८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क