मुगुको कृषि कार्यालयमा एक महिनादेखि प्रमुखविहीन « Khabarhub

मुगुको कृषि कार्यालयमा एक महिनादेखि प्रमुखविहीन


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगु जिल्लामा रहको एक सरकारी कार्यालय विगत एक महिनादेखि कार्यालय प्रमुखविहीन रहेको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको कृषि विकास कार्यालय मुगुमा विगत एक महिना बढीदेखि कार्यालय प्रमुखविहीन भएको हो ।

यहि मंसिर १२ गते खेमराज शाही सरुवा भई संघीय मन्त्रालयमा गई र काजमा जुम्ला फर्किएपछि अहिले कृषि विकास कार्यालय मुगु प्रमुखविहीन रहेको कृषि विकास कार्यालय मुगुले जनाएको छ ।

कार्यालयमा प्रमुखविहीन भएको आज ठ्याक्कै ४८ दिन पुगेको छ । कार्यालयले दिएको जानकारी अनुसार मन्त्रालयले हालसम्म कुनै पनि कार्यालय प्रमुख पठाउने चाँसो देखाएको छैन । कार्यालय प्रमुख नहुँदा विभिन्न प्रकारका कार्य सम्पादन गर्न असहज बातावरण भएको जनाइएको हो ।

कार्यालय प्रमुख नहुँदा विशेष गरेर प्रशासनिक, आर्थिक कारोवार तथा अन्य कार्य सम्पादनमा समेत समस्या भएको कृषि विकास कार्यालय मुगुका अधिकृत हिक्मत राज गिरीले बताए । उनका अनुसार निवर्तमान कार्यालय प्रमुख शाहीले रमना बुझि गए पश्चात हाल आफूले कार्यभार सम्हालेको बताए ।

हाल यस कार्यालयका कर्मचारीले स्थलगत रूपमा अगाडी भएका योजनाको फिल्ड भेरिकेसन गर्ने कार्यमात्र गरिरहेको सूचना अधिकारी टेकबहादुर खत्रीले जानकारी दिए ।

कृषि विकास कार्यालय मुगुमा कार्यालय प्रमुखमात्र होइन योजना शाखा पनि प्रमुखविहीन भएको छ । विशेष गरेर अन्य शाखा भन्दा योजना शाखा अति आवश्यक शाखा हो । तर शाखामा कर्मचारी नुहँदा योजना छनौट, विनियोजनमा पनि थप समस्या उत्पन्न भएको सूचना अधिकारी खत्रिको भनाई छ । कार्यालयमा तीन वटा अधिकृतको कोटा खालि रहेको छ ।

यस कार्यालयको कार्य सम्पादनमा भएको समस्यालाई मध्येनजर गर्दे मन्त्रालयमा जानकारी गराउँदा कुनै पनि सुनुवाई नगरेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयमा हाल एक वडा एक प्राविधिक, एक जना सवइन्जिनियर र एक जना असिस्ट्रेन्ट इन्जिनियर करार कर्मचारी रहेका छन् । कार्यालयले गत वर्ष योजनाको कार्यान्वयन नगरि ६६ वटा योजना फिर्ता पठाएको थियो । कार्यालयले समय अभावका कारण ६६ वटा योजना फिर्ता पठाएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ८ : १९ बजे

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ