सन्दीपले काठमाडौं उपत्यका छाड्न अदालतको अनुमति लिनुपर्ने | Khabarhub Khabarhub

सन्दीपले काठमाडौं उपत्यका छाड्न अदालतको अनुमति लिनुपर्ने


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले सन्दीपसँग २० लाख रुपैयाँ धरौटी मागेको बताइएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ। जिल्ला अदालत काठमाडौँले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। यस्तै, उनलाई काठमाडौं उपत्यका पनि नछाड्न भनेको छ।

छाड्नै पर्ने अवस्था भएमा भने जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ८ : २३ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने