गृहमन्त्रीद्वारा ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण « Khabarhub

गृहमन्त्रीद्वारा ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन् । चौधौँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका हुन् ।

“देशका युवा यही रहनुपर्छ भनेर सरकारले न्यूनतम साझा कार्यक्रममा स्टार्टअपका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ”, उनले भने, “देशमा उद्योग खोल्न सक्यो भने र नवउद्यमीले केही अनुसन्धान गर्न सक्यो भने मात्र मुलुकको उन्नति हुन्छ ।”

सरकारले नेपालमै बनेका वस्तुका लागि विशेष व्यवस्था गरोस् भनेर पहल गरिरहेको उनले बताए । नयाँ उत्पादनका विषयमा छलफल गर्न युवा उद्यमीलाई आग्रह गर्दै उनले त्यसमा काम गर्न गृहमन्त्रालयको ढोका सदैव खुला रहने बताए । प्रविधिको अनुसन्धान गर्न गृहमन्त्रालयले उद्यमीलाई सधैँ सहयोग गर्ने उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : ४८ बजे

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ