आज आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द « Khabarhub

आज आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकास्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो।

विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गर्न संघले माग गरेको छ। राष्ट्रपतिको सवारीका लागि उचित विधि स्थापित गर्नसमेत संघले माघ गरेको छ।

‘२८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णयानुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ।

सो घटनामा दोषी भन्दै प्रहरीले वरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरिसकेको छ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ३६ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा