टर्की-सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो « Khabarhub

टर्की-सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्की र सिरिया गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ। अघिल्लो साता टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको हो।

यो सङ्ख्या अझै बढ्न सक्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको खबर बीबीसीले लेखेको छ। राष्ट्र सङ्घका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या अहिलेको भन्दा दोब्बर हुनसक्ने चेतावनी दिएका हुन्।

विनासको स्तर निकै उच्च भएका कारण भत्किएका संरचनाको भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार अझै एक हप्तासम्म हुनसक्ने देखिएको छ। तर तीव्र हिमपात, चिसो मौसम, पिउने पानी, विद्युत र संचारको अभावले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने अनुमान त्यहाँका अधिकारीले गरेको खबरमा उल्लेख छ।

राष्ट्र सङ्घका अनुसार सिरियामा भूकम्पपछि थप ५३ लाख मानिस घरबारबिहीन भएका छन् भने टर्की र सिरियामा करिब ९ लाख मानिसलाई तत्काल तातो खानाको आवश्यकता रहेको छ। उद्धारकर्ताले अझै ठूलो संख्यामा मानिसहरु पुरिएको हुनसक्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ५३ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा