टर्की-सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो « Khabarhub

टर्की-सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्की र सिरिया गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ। अघिल्लो साता टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको हो।

यो सङ्ख्या अझै बढ्न सक्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको खबर बीबीसीले लेखेको छ। राष्ट्र सङ्घका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या अहिलेको भन्दा दोब्बर हुनसक्ने चेतावनी दिएका हुन्।

विनासको स्तर निकै उच्च भएका कारण भत्किएका संरचनाको भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार अझै एक हप्तासम्म हुनसक्ने देखिएको छ। तर तीव्र हिमपात, चिसो मौसम, पिउने पानी, विद्युत र संचारको अभावले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने अनुमान त्यहाँका अधिकारीले गरेको खबरमा उल्लेख छ।

राष्ट्र सङ्घका अनुसार सिरियामा भूकम्पपछि थप ५३ लाख मानिस घरबारबिहीन भएका छन् भने टर्की र सिरियामा करिब ९ लाख मानिसलाई तत्काल तातो खानाको आवश्यकता रहेको छ। उद्धारकर्ताले अझै ठूलो संख्यामा मानिसहरु पुरिएको हुनसक्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ५३ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा