पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई « Khabarhub

पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले चौथोपटक उपाधि उचालेको हो। आर्मीका लागि खेलको १७औँ मिनेटमा सीतामाया वलले पहिलो गोल गरेकी थिइन्। खेलको ५२औँ मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन्। लुम्बिनीका लागि अनन्या वर्नवालले खेलको सुरुआती गोल गरे पनि अन्य खेलाडीले दोहोरो गोल गर्न सकेनन्।

प्रतियोगिताका विजेता विभागीय टोली आर्मीले प्रथमको शिल्ड उचाल्दै रु ७५ हजार नगद, मेडलसहित प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपविजेता लुम्बिनी प्रदेशले रु ४० हजार नगद, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको स्थानीय प्रतियोगिता संयोजक अरुणकुमार महतोले बताए।

त्यसैगरी तृतीय स्थान हासिल गरेको मधेस प्रदेशलाई समेत रु २५ हजार नगद, मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै पाँचौँ संस्करणको सो प्रतियोगिताको बेस्ट खेलाडीको उपाधि उदियमान खेलाडी मधेस प्रदेशका अञ्जलीकुमारी महतोलाई प्रदान गरिएको छ।

यस्तै बेस्ट स्कोरर नेपाल आर्मीका कमला चन्द, उत्कृष्ट रक्षक आर्मीकै हिमाली थापा, उत्कृष्ट गोलरक्षक लुम्बिनी प्रदेशका प्रतिमा सरोज र प्लेयर अफ द टुर्नामेन्टको उपाधि लुम्बिनी प्रदेशकै पूजा कुमारीलाई प्रदान गरिएको प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिए।

पाँचवटा संस्करणमा चारवटाको उपाधि आर्मीको पोल्टामा गएको छ। पहिलो संस्करण आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। त्यस्तै तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली आर्मीले जितेको छ। प्रतियोगिताका विजेता टिमलाई समापन समारोहका मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले पुरस्कार तथा ट्रफीसहित प्रमाणपत्र वितरण गरेका थिए।

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेलमैदानमा यही माघ २३ गतेदेखि भएको प्रतियोगिता माघ २८ गते समापन भएको थियो। प्रतियोगितामा १३ खेल भएको थियो। नेपाल हक्की सङ्घ र मिथिला नगरपालिकाले संयुक्तरूपमा प्रतियोगिताको आयोजना गरेका थिए।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : २३ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्