बाँझोपनको ठूलो उपचार समयमै विवाह « Khabarhub

बाँझोपनको ठूलो उपचार समयमै विवाह

‘करियरको चिन्ता भए २७/२८ वर्षमै अन्डा निकालेर फ्रिज गर्न सकिन्छ’



पछिल्लो १० देखि १५ वर्ष यताको तथ्यांकलाई हेर्दा बाँझोपन साढे दुई गुणाले बढेको छ। अस्पतालमा हरेक दिन बाँझोपनाका बिरामीहरू बढेका छन्। करिब २० देखि २५ वर्षअघि महिलाको जीवन यापन बेग्लै थियो। त्यो समयमा महिलाले समयमा विवाह गर्ने र बच्चा जन्माउने गर्दथे। त्यो समयमा खासै बाँझोपनाको समस्या देखिएको थिएन। तर पछिल्लो समय महिला आफ्नो पढाई र करियरमा व्यस्त हुँदा यस्तो समस्या बढेको चिकित्सकले बताउने गरेका छन्। ३० वर्ष पुग्दा नै आमा बन्दा राम्रो हुन्छ तर कुनै महिला ३५ वर्ष नाघेर बच्चा जन्माउँदा विभिन्न समस्या आउने, डिम्बाशय कम उत्पादन हुने र पछिसम्म धेरै असर गर्ने डाक्टरले बताएका छन्। यसै विषयमा आधारित रहेर गाइनोक्लोजिष्ट डा. नूतन शर्मासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

बाँझोपनको समस्या के ले गर्दा हुन्छ ?
ढिलो विवाह पहिलो कारण बनेको देखिन्छ। पहिलाको समयमा केटी मान्छेको जीवन विवाह र बच्चा जन्माउँनमै जान्थ्यो। अहिले महिलाहरू आफ्नो भविष्यको चिन्ता गर्ने थालेका छन्। विवाह र बालबच्चा भन्दा पनि आफ्नो भविष्य बनाउन लाग्दा यो विषय ओझेलमा परेको छ। विवाह ढिलो गर्ने, कसैले बिहे गरे पनि ढिलो बच्चा जन्माउने गर्दा यो समस्या बढेको देखिन्छ। प्रत्येक केटी मान्छेले जन्मदेखिनै फिक्स अण्डा लिएर आएको हुन्छ। त्यो प्रत्येक महिनामा घट्दै जान्छ। त्यसैले बच्चा पाउने सही उमेर भनेको २२ देखि ३० वर्ष हो। ३० वर्ष कटेपछि खतरा हुन्छ। बच्चा पाउन गार्हाे हुन्छ। पाठेघरमा पनि ट्युमर हुने हुन्छ।

नि सन्तानको समस्या लिएर आउनेहरू सबै जना आईभीएफमै जानुपर्ने हो र ?
६० देखि ७० प्रतिशत बिरामीमा सामान्य उपचार गरेर हुन्छ। थाइरोइड जाँच गरेर उपचार गर्दा भइहाल्छ। अरू २५ प्रतिशत जति मानिसको बढी जाँच गर्नुपर्ने हुन्छ। जस्तो एउटा ट्युब बन्द छ अर्को छैन। पोलिसिस्टिक अण्डाशय छ तर दायित्व हुँदैन, मोटो भएको कारण हो कि भनेर अरू पनि जाँच गर्दा हुन्छ। १० देखि १५ प्रतिशत बिरामीमा जस्तो १०० जनामा एक जनालाई आईभीएफ चाहिन्छ।

आईभीएफमा जान सुरुवाती चरणमा कसरी सुरु हुन्छ ?
बाँझोपनाको समस्या लिएर आउनेलाई हामीले दुवै दम्पत्तिको स्किनिङ गछौँ। महिलाको सबै स्किनिङ गछौँ। उसको हर्माेन लेबल कति छ, डिम्बाशय कस्तो छ, श्रीमानको स्पर्म कस्तो छ भनेर सबै हेरेर उपचारका लागि रिफर गर्छौं। यो बिरामीलाई कस्तो उपचार गर्ने भनेर हेर्छौ। कसैको दुई वटै ट्युब बन्द छ भने उनीहरूलाई आईभीएफ नै चाहिन्छ। शरीरमा एक्सको मात्रा घटेको छ र दोहोरो एक्सको मात्रा बन्दैन भने दोहोरो एक्सबाट गर्भवती बनाउनु आईभीएफ नै चाहिन्छ। कसैकसैको श्रीमानको स्पर्मको मात्रा कम छ भने त्यसमा हामी आईभीएफमा एउटा अन्डा लिएर स्पर्मलाई अन्डामा छिराएर फर्टिलाईजेसन गराउने प्रक्रिया गर्न सकिन्छ। आईभीएफ गर्ने बेलामा भर्ना हुनु पर्दैन। अस्पताल आउनु पर्दछ। यदि इन्जेक्सन आफै दिन सक्नुहुन्छ भने घरमा नै इन्जेक्सन दिन सकिन्छ। हामीले बिरामी छनोट गरे पनि १०–१२ देखि ३५ दिनसम्मको इन्जेक्सन दिन्छौँ। त्यसले उहाँहरूको अन्डा बनाउँछ। त्यो उहाँहरूले घरमा लिँदा पनि हुन्छ र आएर लिँदा पनि हुन्छ। अन्डा जब विकसित हुन्छ हामीले निकाल्छौँ, अलिकति १५ मिनेट जति बेहोस गरेर टिभिएस ब्रेकको माध्यमबाट एउटा सुई हालेर सबै अण्डाशयको फोहोर निकाल्छौँ र सबै अन्डा बाहिर निस्किन्छ। बिरामी घर जान सक्छन्। हामीले त्यो अन्डा र स्पर्म लिएर बच्चा बनाउँछौँ। ल्याबमा तीनदेखि पाँच दिन ग्रो गरेर फ्रिज गर्दिन्छौँ। महिनावारी हुन्छ र फेरि पाठेघरको लाइनिङ बनाएर तापक्रम मेन्टेन गरेर पाठेघरमा राख्दिन्छौँ। यो पुरै पक्रियालाई पाँचदेखि आठहप्ता लाग्छ। कुनै गार्हाे हुँदैन।

यो सबैमा एउटै हुन्छ कि व्यक्ति अनुसार फरक हुन्छ ?
यो फरक हुन्छ। कुन टपअप आईभीएफ गरिराखेका छौँ। सबै सामान्य छ भने उसको एक्स लिएर श्रीमानको स्पर्म लिएर पाठेघरमा हाल्ने हो। कसैको अन्डा नै छैन भने एउटा युवतीको अन्डा लिएर उसको श्रीमानको अन्डा लिएर बच्चा बनाएर उहाँको पाठेघरमा हाल्ने हो।

यसमा आर्थिक रूपमा कति खर्च हुन्छ ?
आईभीएफ महंगो हुन्छ। ल्याबमा हामी अन्डा र स्पर्मलाई ग्रो गरेर बच्चा बनाउँछौँ। त्यो कारणले ल्याबको प्रोसिजर महंगो हुनजान्छ। कस्तो बिरामीमा के चाहिन्छ भनेर भर पर्दछ। सामान्यतया तीन लाखसम्म पर्न जान्छ।

नर्मल जन्मिने बच्चा र आईभीएफबाट जन्मिने बच्चामा फरक हुन्छ कि ?
केही फरक हुँदैन। मान्छेहरूले यो लुकाउँछन् तर बाहिर यो छोटो प्रक्रिया भन्छन्। आईभीएफ भनेको एउटा नर्मल बच्चा हो। जसरी बच्चा पाठेघरमा ग्रो हुन्छ त्यो मात्र ल्याबका गरेको हो। राख्ने पाठेघरमा नै हो त्यसैले दुवै बच्चा एउटै हुन्छन्।

आईभीएफबाट जन्मिने बच्चालाई नर्मल केयर गर्ने कि अरू जस्तै हो ?
आईभीएफबाट जन्मिने बच्चालाई अलि धेरै केयर गर्नु पर्दछ। तीन महिना जति धेरै नै केयर गर्ने र आराम गर्ने गर्नुपर्छ। औषधि तीन महिनासम्म खानुपर्छ। त्यसपछि सबै नर्मल हुन्छ।

बाँझोपन अन्त्य गर्न केही सुझव बाँकी छ ?
समयमा विवाह गर्ने र समयमा बच्चा जन्माउने गर्नु पर्दछ। तपाईं बिजी नै हुनुहुन्छ अहिले बच्चा जन्माउन चाहनु हुन्न भने २७/२८ वर्षमा नै अन्डा निकालेर फ्रिज गर्नुपर्छ। त्यसलाई राखेर पाँच वर्षपछि पनि बच्चा राख्न सकिन्छ। केटी मान्छेले सबै भन्दा पहिला बच्चा जन्माउन प्राथमिकता दिनुपर्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ०८ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक