गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन : अध्यक्ष लिङ्देन « Khabarhub

गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन : अध्यक्ष लिङ्देन


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ घटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्तासाझेदार दलबीच विवाद नरहेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन् ।

गत १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेको भागमा परेको बताइएको थियो । तर, राष्ट्रपति कांग्रेसले लिनेगरी राजनीतिक कोर्षअघि बढेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच आशंका उत्पन्न भएको छ ।

यही बेला बसेको संयन्त्रको बैठकपछि अध्यक्ष लिङ्देनले राष्ट्रपतिबारे विवाद नरहेको दाबी गरेका हुन् । संयन्त्रको बैठकमा सरकारका कामकारबाहीको समीक्षा गरिएको जानकारी दिएका उनले गठबन्धनमा फाटो आउन नदिने समझदारी जुटेको बताए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : २६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ