लुम्बिनीका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण « Khabarhub

लुम्बिनीका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ७ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

दाङको राप्ती गाउँपालिका गौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ खुवाएका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका थिए ।

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारू, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता र कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले शपथ लिएका हुन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ३ : ४८ बजे

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,