टर्की-सिरिया भूकम्प : मृतकको सङ्ख्या २८ हजार नाघ्यो « Khabarhub

टर्की-सिरिया भूकम्प : मृतकको सङ्ख्या २८ हजार नाघ्यो


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ । भूकम्पमा परी हालसम्म २८ हजार एक सय ९२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पमा परी अरु हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट टर्कीका दश वटा प्रान्तमा अकल्पनीय क्षति पुगेको छ ।

हालसम्म टर्कीमा २४ हजार छ सय १७ जनाले ज्यान गुमाएका उपराष्ट्रपति फुवाट ओक्टेले बताएका छन् । छिमेकी मुलुक सिरियामा तीन हजार पाँच सय ७५ जनाको ज्यान गएको छ । सरकार नियन्त्रित क्षेत्रमा एक हजार चार सय आठ जना तथा विद्रोहीको पकड भएका भूभागमा दुई हजार एक सय ६७ जनाको मृत्यु भएको उद्धारमा संलग्न स्वयंसेवी संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको बताए पनि त्यससम्बन्धी वास्तविक विवरण दिएको छैन ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले सिरियाली भूकम्पपीडितलाई सहायता सामग्री बेरुतको लेबनानबाट परिचालन गरिएको बताएका छन्् । रेडक्रस र रेड क्रिसेन्टलगायत अन्तर्राष्ट्रिय परोपकारी संस्थामार्फत राहत सामग्री वितरण गरिने उनले जानकारी दिएका छन् ।

भूकम्पले भत्काएका भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने केही संस्थाले सुरक्षाका कारण खोज तथा उद्धारका काम रोकेका छन् । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ४ : ३३ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर