निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस | Khabarhub Khabarhub

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले गत आर्थिक वर्षमा स्थानीय तह सदस्यको निर्वाचन र चालू आर्थिक वर्षमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा आयोगलाई धन्यवाद दिए । उनले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएकाले समयमा नै निर्वाचन सम्पन्न हुनुपर्दछ भन्ने विषयलाई प्रमाणित गरेकामा आयोगलाई धन्यवादसमेत व्यक्त गरे ।

 राष्ट्रपति भण्डारीले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य निरन्तररूपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूलाई पायकपर्ने स्थानबाट मतदान गर्न पाउने व्यवस्था गर्न आग्रह गरे । 

साथै उनले मतदानस्थलको सुरक्षा र सबै मतदाताले आफ्नो मताधिकार निर्वाधरूपमा प्रयोग गर्नसक्ने स्थितिको सिर्जना गर्न तथा निर्वाचनको समयपूर्व मतदाता शिक्षालाई घर परिवारस्तरसम्म पुर्‍याउन देशभरका सबै माध्यमिक विद्यालयलाई लक्षित गरी निर्वाचनसम्मबन्धी विशेष जागरण अभियान सञ्चालन गर्न ध्यान दिन आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गत आर्थिक वर्षमा भएका मुख्य गतिविधि र प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान तथा कानुनको अधीनमा रही कार्य सम्पादन गर्दै आएको र प्राप्त सुझावका आधारमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको बताएका थिए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाका साथै निर्वाचन आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ०० बजे

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ गतदेखि काठमाडौंमा

रुससँग मिलेर चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा, अमेरिका चिन्तित

काठमाडौं- चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको

शंकर पोखरेलको स्षप्टीकरण : प्रधानमन्त्रीले अंग्रेजी नजानेर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नु भएको होइन

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री

उत्तरी थाइल्याण्डमा बाढीमा फसेका सय भन्दा बढी हात्तीको उद्धार

काठमाडौं- उत्तरी थाइल्याण्डमा भएको भीषण वर्षापछि आएको बाढीले प्रभावित भएका

दशैंमा घर जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी औषधि

काठमाडौं–  नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल