रेशम चौधरीको रिहाइ आवश्यक छ : अध्यक्ष नेपाल « Khabarhub

रेशम चौधरीको रिहाइ आवश्यक छ : अध्यक्ष नेपाल


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइ आवश्यक रहेको बताएका छन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्नेभन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन् ।

शान्ति प्रक्रियासँग जोडिएका, विप्लवका मुद्दा, आफूहरूकै पनि कतिपय मुद्दा चाँडो टुंगोमा पुर्‍याउनुपर्ने उनको धारणा थियो । सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारलाई रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ढलेको थियो ।

माओवादी केन्द्रसमेतको सहभागिता रहेको सरकार ढलेपछि सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बनेको छ र एकीकृत समाजवादी पनि सरकारमा सम्मिलित छ । यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । 

त्यसका लागि नागरिक उन्मुक्ति वा माओवादी केन्द्रका सांसदहरूको मत आवश्यक पर्छ । 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ०८ बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा