रेशम चौधरीको रिहाइ आवश्यक छ : अध्यक्ष नेपाल « Khabarhub

रेशम चौधरीको रिहाइ आवश्यक छ : अध्यक्ष नेपाल


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइ आवश्यक रहेको बताएका छन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्नेभन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन् ।

शान्ति प्रक्रियासँग जोडिएका, विप्लवका मुद्दा, आफूहरूकै पनि कतिपय मुद्दा चाँडो टुंगोमा पुर्‍याउनुपर्ने उनको धारणा थियो । सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारलाई रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ढलेको थियो ।

माओवादी केन्द्रसमेतको सहभागिता रहेको सरकार ढलेपछि सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बनेको छ र एकीकृत समाजवादी पनि सरकारमा सम्मिलित छ । यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । 

त्यसका लागि नागरिक उन्मुक्ति वा माओवादी केन्द्रका सांसदहरूको मत आवश्यक पर्छ । 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ०८ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ