जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति सत्तारुढ घटक नै असन्तुष्ट « Khabarhub

जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति सत्तारुढ घटक नै असन्तुष्ट


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फागुन १ गतेका दिन जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति विपक्षीसँगै सत्ता साझेदार दलका नेताले पनि असन्तुष्टि जनाएका छन् । जनयुद्ध दिवसका दिन बिदा दिने सरकारको निर्णयप्रति सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि असन्तुष्टि जनाएको छ । आइतबार मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त बैठकमा राप्रपाका सांसदहरु उपस्थित थिएनन् । आकस्मिक बैठकमा जनयुद्ध दिवसमा बिदा दिने एजेण्डा रहेकाले राप्रपाका मन्त्रीहरु बैठकमा अनुपस्थित भएका थिए ।

अर्को सत्ता साझेदार दल नेकपा एमालेका नेता योगेश भट्टराईले पनि अहिले बिदा दिनुको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै २००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समष्टी र उच्चतम सफलता तथा गौरवस्वरुप गणतन्त्र र संविधान दिवस मानिँदै आएकाले जनयुद्ध दिवसमा अलग अलग बिदा किन ? भनी प्रश्न गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ । अरु सबै यसकै अधिनस्थ हुन । फेरी अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔँ ।’

यसअघि राप्रपाबाट फुटेर बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ०२ बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा