जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति सत्तारुढ घटक नै असन्तुष्ट | Khabarhub Khabarhub

जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति सत्तारुढ घटक नै असन्तुष्ट


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फागुन १ गतेका दिन जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति विपक्षीसँगै सत्ता साझेदार दलका नेताले पनि असन्तुष्टि जनाएका छन् । जनयुद्ध दिवसका दिन बिदा दिने सरकारको निर्णयप्रति सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि असन्तुष्टि जनाएको छ । आइतबार मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त बैठकमा राप्रपाका सांसदहरु उपस्थित थिएनन् । आकस्मिक बैठकमा जनयुद्ध दिवसमा बिदा दिने एजेण्डा रहेकाले राप्रपाका मन्त्रीहरु बैठकमा अनुपस्थित भएका थिए ।

अर्को सत्ता साझेदार दल नेकपा एमालेका नेता योगेश भट्टराईले पनि अहिले बिदा दिनुको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै २००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समष्टी र उच्चतम सफलता तथा गौरवस्वरुप गणतन्त्र र संविधान दिवस मानिँदै आएकाले जनयुद्ध दिवसमा अलग अलग बिदा किन ? भनी प्रश्न गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ । अरु सबै यसकै अधिनस्थ हुन । फेरी अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔँ ।’

यसअघि राप्रपाबाट फुटेर बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ०२ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्