६ वर्षमा पनि बनेन हुलाकी सडक « Khabarhub

६ वर्षमा पनि बनेन हुलाकी सडक


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा हुलाकी सडकको काम सुस्त गतिमा छ । तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्यअनुसार काम सुरु गरिए पनि छ वर्ष बितिसक्दा पनि सकिएको छैन ।

सडक सञ्जालको विकास र विस्तार गरी दुर्गम क्षेत्र र विपन्न समुदायलाई उचित ध्यान दिई समग्र सामाजिक–आर्थिक विकास र एकीकरणलाई दीगो रुपमा विकास गर्ने लक्ष्यअनुसार निर्माण सुरु भएको हुलाकी सडक समयमै सम्पन्न नहुँदा यहाँका स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।

निर्माण सुरु भएदेखि हालसम्म पाँच पटक म्याद थप भइसकेको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ । कैलाली र कञ्चनपुरको सीमा पुनर्वास नगरपालिकाको डोकेबजारदेखि पुनर्वास, बेलौरी, बेलडाँडी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेदकोट नगरपालिकाको सिसैसासम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको काम तीन प्याकेजमा भइरहेको छ ।

“तीन प्याकेजमा सडक निर्माणको काम भइरहेको छ, अहिले पनि काम धेरै सुस्त छ”, हुलाकी सडक आयोजना कार्यालय धनगढीका ईन्जिनियर बर्कबहादुर कठायतले भने, “अहिले यो आवभित्र काम सम्पन्न गर्ने गरी म्याद थप भएको छ ।” सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दा निर्माण कम्पनीको म्याद स्वतः असार मसान्तसम्म थपिएको हो । उहाँले निर्माण कम्पनीले समयमा काम नगर्दा सडक समयमा निर्माण हुन नसकेको बताए ।

डोकेबजारदेखि बेलौरी नगरपालिकाको बुटाबारीसम्म पहिलो प्याकेजको २० किलोमिटर र बेलडाँडीदेखि सिसैयासम्म तेस्रो प्याकेजको २२ किलोमिटर सडक निर्माणका लागि विसं २०७३ फागुनमा शर्मा÷राजेन्द्र जेभीसँग सम्झौता भएको थियो । पहिलो प्याकेज रु ३६ करोड ४७ लाख र तेस्रो प्याकेज रु ३८ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको थियो ।

हुलाकी सडक आयोजनाका कामर्यालयका अनुसार पहिलो प्याकेजको काम ९० प्रतिशत सकिएको छ भने तेस्रो प्याकेजको काम ७५ प्रतिशत मात्रै सकिएको छ । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत २० किलोमिटर सडक निर्माणका लागि बाबाहंस÷सिद्धि शाही जेभीसँग ४१ करोड ४१ लाखमा ठेक्का सम्झौता भएको थियो ।

दोस्रो प्याकेजअन्तर्गत बेलौरी नगरपालिका–८ स्थित पचुई क्षेत्रमा भारतीय सीमा सरक्षा बल एसएसबीको अवरोधका कारण काम हुन सकेको इञ्जिनीयर कठायतले बताउनुभयो । “उक्त क्षेत्रमा दशगजामा पर्ने भन्दै एसएसबीले निर्माणमा अवरोध गरेकाले काम अगाडि बढ्न सकेको छैन ।” उनले भने , “अरु अवरोध छैन, निमार्ण व्यवसायीकै ढिलासुस्तीका कारण सडक निर्माण सम्पन्न हुन सकेको छैन ।”
हुलाकी सडक निर्माण नहुँदा कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताले धेरै दुःख भोग्नुपरेको पुनर्वास नगरपालिका–२ का वडाध्यक्ष डम्बरबहादुर थापाले बताउनुभयो । “सडक नहुँदा बैलगाडा हिँडाउन सक्ने अवस्था छैन ।” उनले भने, “सडक नहुँदा यहाँको किसानले धेरै दुःख भोग्नुपरेको छ ।” थापाका अनुसार यहाँका कृषकले तरकारी बिक्रीका लागि धनगढीसम्म पु¥याउन समस्या छ । “हुलाकी सडक बने यहाँका उत्पादन सिधैँ महेन्द्रनगर बजारसम्म पुगाउन सजिलो हुन्थ्यो ।” अध्यक्ष थापाले भने, “निर्माण व्यवसायीको लापरबाहीले समयमा सडक सम्पन्न हुन सकेको छैन ।”

हुलाकी सडक नबन्दा कञ्चनपुरको दक्षिणी क्षेत्रका बासिन्दा मार्कामा परेको यहाँका स्थानीय जगत चौधरीले बताए। “सडक नबन्दा नजिकैको महेन्द्रनगर पनि धेरै टाढा छ हाम्रो लागि आउन जान निकै सकस हुन्छ ।” चौधरीले भने, “अझै पनि समयमा काम हुने छाँटकाँट छैन ।” स्थानीयले पटकपटक ताकेता गर्दा पनि समयमा काम हुन नसकेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ०९ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा