खोटाङका दुई सामुदायिक बनमा भीषण आगलागी हुदाँ मानव बस्ती जोखिमा « Khabarhub

खोटाङका दुई सामुदायिक बनमा भीषण आगलागी हुदाँ मानव बस्ती जोखिमा


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको सिमपानीस्थित सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नजिकैको बस्ती जोखिममा परेको छ । धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा शनिबार दिउँसोदेखि डढेलो सुरु भएको हो।

साविक डुम्रेधारापानी–६ धारापानी वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएपछि आतमारा, धैरेनीटार, मण्डलीछाप र कोटगाउँ जोखिममा परेको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताए । निभाउनका लागि नजिक जान सक्ने अवस्था नभएकाले डढेलोले क्रमशः भीषण आकार लिएको छ ।

डढेलो नियन्त्रणका लागि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराइसकेका छन् । बस्तीमा डढेलो पस्न नदिन स्थानीय प्रहरी चौकीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : २५ बजे

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा