खोटाङका दुई सामुदायिक बनमा भीषण आगलागी हुदाँ मानव बस्ती जोखिमा « Khabarhub

खोटाङका दुई सामुदायिक बनमा भीषण आगलागी हुदाँ मानव बस्ती जोखिमा


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको सिमपानीस्थित सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नजिकैको बस्ती जोखिममा परेको छ । धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा शनिबार दिउँसोदेखि डढेलो सुरु भएको हो।

साविक डुम्रेधारापानी–६ धारापानी वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएपछि आतमारा, धैरेनीटार, मण्डलीछाप र कोटगाउँ जोखिममा परेको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताए । निभाउनका लागि नजिक जान सक्ने अवस्था नभएकाले डढेलोले क्रमशः भीषण आकार लिएको छ ।

डढेलो नियन्त्रणका लागि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराइसकेका छन् । बस्तीमा डढेलो पस्न नदिन स्थानीय प्रहरी चौकीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : २५ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली