हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने म्याद ३० गतेसम्म थपियो « Khabarhub

हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने म्याद ३० गतेसम्म थपियो


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय  थप गरेर अभियानलाई निरन्तरता दिएको छ  ।

यसअघि फागुन २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने समयसिमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो ।

कर्णाली प्रदेशबाहेक मुलुकका  १५  जिल्लामा गत फागुन  ११  गतेदेखि  २५  गतेसम्म  हात्तीपाइलेविरुद्ध   औषधि   खुवाउने   अभियान सञ्चालन भइरहेको थियो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार अब १५ जिल्लमा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने छ ।

जसअनुसार कोशी प्रदेशको झापा र मोरङ, मधेस प्रदेशको महोत्तरी, रौतहट, बारा, धनुषा, सर्लाही, बाग्मती प्रदेशको रसुवा, गण्डकी प्रदेशको पर्वत, बागलुङ, लमजुङ, लुम्बिनी प्रदेशको  बाँके, कपिलवस्तु र दाङ,  सुदूरपश्चिम प्रदेशको कैलालीमा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान जारी छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि वडा कार्यालय, स्वास्थ्य  संस्था, सामुदायिक  भवन,  विद्यालय, धार्मिक स्थललगायतमा केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा खुवाइन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ५९ बजे

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा