आईसीसी लिग २ क्रिकेट : नेपालद्वारा यूएई १ सय ७७ रनको विशाल अन्तरले पराजित | Khabarhub Khabarhub

आईसीसी लिग २ क्रिकेट : नेपालद्वारा यूएई १ सय ७७ रनको विशाल अन्तरले पराजित


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले यूएईलाई १ सय ७७ रनको विशाल अन्तरले पराजित गरेको छ ।

यस जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ७१ मा समेटियो । नेपालका लागि ललित राजवंशीले ५ विकेट लिए ।

त्यसैगरी, सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रन बनाए । त्यसैगरी, आरिफ शेखले ५२ बलमा ४३ रन बनाए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ३६ बजे

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी– भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ

जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

जलवायु परिवर्तनको क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं– संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड