कांग्रेस काठमाडौं कार्यालयमा नेविसंघले लगायो ताला « Khabarhub

कांग्रेस काठमाडौं कार्यालयमा नेविसंघले लगायो ताला


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघमा स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीहरूको समूहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् । अन्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समूहले बिहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । उनीहरुले दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरे ।

उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरि निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ५८ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका