तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित | Khabarhub Khabarhub

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन् ।

बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरुले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको किसानले गुनासो गरेका हुन् । सुर्खेत वीरेन्द्रनगरमा मात्रै दैनिक १२ लाखभन्दा धेरैको तरकारी भित्रिने गरेको तथ्याङ्क छ । स्वदेशको उत्पादनले भने मूल्य पाउन नसकेको हो ।

वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो । यो पटक भने कृषकको उत्पादनले उचित मूल्य पाउन नसकेको कृषक नरबहादुर शाहीले बताए । उनले तरकारीको उत्पादन लागत उठ्न नसक्ने चिन्ता रहेको बताए ।

“हामी तरकारी खेती व्यवसाय गर्न थालेको लामो समय भइसक्यो”, उनले भने, “गत वर्ष तरकारीको मूल्य राम्रो हुँदा उत्साहित थियौँ, तर यो वर्ष भने सस्तो दरमा बिक्री गर्न बाध्य हुँदा लगानी नउठ्ला जस्तो छ ।”

कृषकले बारीमा फूलगोभी, बन्दालगायत तरकारी उत्पादन राम्रो भएको भन्दै विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ मूल्यमा बिक्री हुने तरकारी यो वर्ष १३ रुपैयाँमा बेच्न बाध्य भएको अर्का किसान दिलसरा मन्दिरको भनाइ छ । “हाम्रो तरकारी अहिले सस्तो भाउमा बिक्री गरिरहेका छौँ”, शाहीले भने, “सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुको साटो वास्था नै गर्दैन ।” उनले आफूहरुको प्रमुख आम्दानीको स्रोत कृषि भए पनि मूल्य नपाउँदा घरको आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा पुगेको दुखेसो गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ९ : ५८ बजे

जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन : वेदुराम भुसाल

काठमाडौं- माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रहेका पूर्वकृषिमन्त्री

आजका समाचार : कांग्रेशको विरोधबीच प्रचण्डलाई चौँथो पटक संसदको विश्वासदेखि पूर्वराजा पाटनतिरसम्म

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल

आजको अर्थसंक्षेप : वैदेशिक व्यापार घट्यो, एनसेललाई २० अर्ब बुझाएर नवीकरण गर्न ताकेता

काठमाडौं- चालु आर्थिक वर्ष (आव)को १० महिनामा अघिल्लो आवको सोही

प्रधानमन्त्री, सभामुख र ओली एकमुख, कांग्रेसलाई पेलेरै जाने

काठमाडौं– गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री

के हो महानगरको फोहोर बोक्ने चालक समातिएको प्रकरण ?

काठमाडौं- हाल फ्रान्सको पेरिसमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)