तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित « Khabarhub

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन् ।

बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरुले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको किसानले गुनासो गरेका हुन् । सुर्खेत वीरेन्द्रनगरमा मात्रै दैनिक १२ लाखभन्दा धेरैको तरकारी भित्रिने गरेको तथ्याङ्क छ । स्वदेशको उत्पादनले भने मूल्य पाउन नसकेको हो ।

वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो । यो पटक भने कृषकको उत्पादनले उचित मूल्य पाउन नसकेको कृषक नरबहादुर शाहीले बताए । उनले तरकारीको उत्पादन लागत उठ्न नसक्ने चिन्ता रहेको बताए ।

“हामी तरकारी खेती व्यवसाय गर्न थालेको लामो समय भइसक्यो”, उनले भने, “गत वर्ष तरकारीको मूल्य राम्रो हुँदा उत्साहित थियौँ, तर यो वर्ष भने सस्तो दरमा बिक्री गर्न बाध्य हुँदा लगानी नउठ्ला जस्तो छ ।”

कृषकले बारीमा फूलगोभी, बन्दालगायत तरकारी उत्पादन राम्रो भएको भन्दै विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ मूल्यमा बिक्री हुने तरकारी यो वर्ष १३ रुपैयाँमा बेच्न बाध्य भएको अर्का किसान दिलसरा मन्दिरको भनाइ छ । “हाम्रो तरकारी अहिले सस्तो भाउमा बिक्री गरिरहेका छौँ”, शाहीले भने, “सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुको साटो वास्था नै गर्दैन ।” उनले आफूहरुको प्रमुख आम्दानीको स्रोत कृषि भए पनि मूल्य नपाउँदा घरको आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा पुगेको दुखेसो गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ९ : ५८ बजे

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को