बढ्दै गएको कोरोना र भाइरल संक्रमणबाट बच्ने उपाय | Khabarhub Khabarhub

बढ्दै गएको कोरोना र भाइरल संक्रमणबाट बच्ने उपाय


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

हामी गर्मी मौसममा प्रवेश गरिसकेको छौं। यो मौसम सुरु भएसँगै भाइरल ज्वरोका बिरामीले अस्पताल भरिँदै गएको चिकित्सकको भनाइ छ। यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस जस्ता समस्या पनि धेरै देखिने गर्छन्। लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजार देखिनसक्छ। गर्मी मौसममा हाम्रो शरीरको रोग प्रतिरोधात्मकता वा प्रतिरक्षात्मक क्षमता कम हुनसक्छ। त्यस्तो बेलामा हामीले झनै बाहिरका सडे गलेका र प्याकेटमा लामो समय राखेका खाना खाँदा झनै समस्या बढ्न सक्ने चिकित्सकको भनाइ छ। यो मौसममा भाइरल सङ्क्रमण वा ब्याक्टेरियाको इन्फेक्सन त्यत्तिकै मात्रामा बढ्दै गएको छ। यस्ता सङ्क्रमित रोगबाट कसरी बच्ने ? यसै विषयमा आधारित भएर खबरहबका लागि सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीको सम्पादित अंश :

यो समयमा भाइरल संक्रमण बढ्नुको कारण के हो ?
यो मौसममा भाइरल ज्वरो र कोरोना भाइसरका बिरामी दैनिक रुपमा बढ्दै गएका छन्। मौसमी फ्लु र कोरोनाका लक्षण मिल्दोजुल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि मानिसमा मलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रममण नै भयो कि भन्ने शंका पनि धेरै पाइन्छ। संक्रामक रोगमा यो समयमा रुघाखोकीसँगै नाकबाट पानी बगिराख्ने हुनसक्छ। शरीर धेरै थाक्ने, ढाड दुख्ने, जिउ गलेको जस्तो महसुस हुने, टाउको र आँखाको डिल दुख्ने, बान्ता हुने र पखाला लाग्ने, खाना खान मन नलाग्ने, अपच हुने लगायतका समस्या हुन्छन्। बच्चालाई वान्ता र पखाला बढी हुन्छ। यसले श्वासनलीमा समेत सङ्क्रमण गर्छ। भाइरल ज्वरोले शरीरका धेरै अंगलाई असर गरेको हुन्छ। यसको असर बुढाबुढी र बच्चालाई धेरै हुन्छ।

सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक हुन्छ ?
–मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्ने गर्छ। तर कोरोना भइरसको सङ्क्रमण भएपछि ज्वरो एक सयभन्दा माथि पुग्छ।
-मौसमी फ्लु हुँदा दुई÷चार दिनमा नै त्यसका लक्षण देखा पर्छन्। तर कोरोनाको लक्षण पाँचदेखि १४ दिनसम्म देखापर्छ।
-सामान्य फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लागेर सामान्य ज्वरो आउने हुन्छ। कोभिडमा ज्वरोसँगै श्वासप्रश्वासमा समेत असर गर्छ।
-फ्लु दुईदेखि चार दिनको अन्तरमा अरूमा सर्छ र कोरोना भाइरस चाहिँ चार या पाँच दिनको फरकमा अरू व्यक्तिमा सर्छ।
-रुघा वा सामान्य फ्लुमा खोकी लाग्दा खकारसहित आउँछ तर कोरोना भाइरसको सङ्क्रमण हुँदा सुख्खा खोकी लाग्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?
-फलफूल, सागपात तथा हरिया तरकारिका परिकार प्रशस्त मात्रामा खाने,
-खानेकुराहरू सकेसम्म प्राकृतिक रूपमा खाने,
-मौसम अनुसारका फलफूल खाने,
-प्रशस्त वा शरीरलाई आवस्यक पर्ने मात्रामा उमालेको पानी पिउने। सकभर चिसो र बाहिर जहाँ पायो त्यहिको पानी नपिउने,
-धेरै मात्रामा झोलिला खानेकुरा खाने,
-केही दिन भिजाएर टुसा पलाएका गेडागुडी खाने गर्नुपर्छ।

सङ्क्रमित रोगबाट बच्न बिहानदेखि बेलुकासम्म के गर्ने ?
-नियमित हातदेखि शरीरको सरसफाइमा ध्यान दिने,
-हातमा पन्जाको प्रयोग गर्न र काम गर्दा पटकपटक स्यानिटाइजर प्रयोग गर्ने,
-बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्ने,
-शौचालय जाँदा र बाहिरबाट घर सार्वजनिक स्थलबाट फर्केपछि कम्तीमा पनि २० सेकेन्ड मिचीमिची साबुन पानीले हात धुने,
-दैनिक कपडा चेन्ज गरेर लगाउने गर्नुपर्छ।

कस्तो अवस्थामा अस्पताल जानै पर्ने हो ?
-कसैलाई निरन्तर ज्वरो आउने र १०१ देखि १०२ डिग्रीभन्दा बढी वा माथि ज्वरो आयो भने अस्पताल जानुपर्छ।
-सास फेर्दा छाती धेरै दुखेर धेरै गाह्रो भयो भने घरमा नै बसेर तातो पानी खान्छु निको हुन्छ भन्नु हुँदैन। तुरुन्तै अस्पताल जानुपर्छ।
-कसैलाई मधुमेह वा कुनै दीर्घ रोग छ भने अस्पतालमा नै गएर चिकित्सकको उचित सल्लाह लिनुपर्छ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ०७ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित