उपनिर्वाचनमा तीन वटै क्षेत्रमा रास्वपा विजयी हुन्छ | Khabarhub Khabarhub

उपनिर्वाचनमा तीन वटै क्षेत्रमा रास्वपा विजयी हुन्छ

चितवन-२ मा हिजोभन्दा फराकिलो मतले जित्छौं


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यो नाम नेपाली राजनीतिमा नयाँ भएता पनि यसले पुराना राजनीतिक धारका शक्तिलाई धक्का दिइरहेको छ। संसदमा छोटो समयमा नै चौंथो शक्तिको रूपमा उदाएको यो पार्टीका सबल र दुर्बल दुवै पक्ष छन्। यसले राजनीतिक परम्परालाई चिर्नको लागि केही अभ्यास गरेको छ। वैशाख १० मा हुँदै गरेको उपनिर्वाचनमा यो पार्टीको तयारी के कस्तो छ ? यसै विषयमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

राजनीतिमा तपाईंको आगमन के को आकर्षण हो ?
मेरो सामाजिक अवस्था फरक छ। समाजप्रतिको बुझाई र आफ्नो भोगाइमा धेरै फरक छ। मैले लेख्ने, पढ्ने र पढाउने काम पनि गरेको हुँ। पहिला पनि पीडितका मुद्दा बोकेर राज्यसम्म पु¥याउन खोजेँ। तर त्यो आवाज कसैले सुनेन र पछिल्लो समय हामीले नयाँ पार्टी लिएर आम जनताका आवाज बुलन्द गर्न भनेर यतातर्फ लागेको हौँ।

अहिले कानुन बनाउने तहमा नै पुग्नु भएको छ। राज्य भनेको सबै नागरिकको समान समावेशिताको आधार हो। यो सवालमा रास्वपाले कत्तिको उत्तरदायित्व निर्वाह गरेको छ ?
हामी अहिले कार्यान्वयन गर्ने ठाउँमा आएका छौँ। अब प्रश्न गर्ने होइन। त्यसमा हामी सबैले चिताएको सबै ठाउँमा स्थायित्व भूमिका निर्वाह गरेको मान्छेलाई छान्ने हो भनेर अभियान चलाएका हौं। रास्वपा समस्या समाधान गर्ने व्यक्तित्व भएको पार्टी हो। समाजमा भएका समस्यालाई समाधान गर्न सक्ने हाम्रो अनुमान छ। हामीले भनेको उन्नत लोकतन्त्र र सम्भावनालाई हामी यथार्थ बनाउन सकारात्मक भएर लागेका छौँ।

उपनिर्वाचनमा स्वर्णिम वाग्लेको प्रवेशलाई धेरैले टिप्पणी गरेका छन्। तपाईंले हेर्दा उहाँ आउँदा पार्टीको गरिमा बढेको छ ?
अहिले भएको बहसको छलफलको अन्त्यमा जानुपर्छ। हाम्रो विद्यमान राजनीतिक पार्टीमा संरचनात्मक समस्या छ। केही मान्छे समाजलाई योगदान गर्छु भनेर लाग्यो भने सहजै नेतृत्वमा अथवा काम गर्ने ठाउँमा जाने अवस्था छैन। हामीले नेपाली समाजको विकास गर्ने हो। यो अभियानमा उहाँले पनि जोखिम लिनुभयो। त्यसलाई हामीले साकार पार्नुपर्छ। उहाँले गर्न खोजको कुरा राम्रो हुन्छ। उहाँ जस्तो विभिन्न क्षेत्रमा स्थापित व्यक्ति पार्टीमा आउनुभयो भने हामी स्वीकार गर्छौ। अब हामीले केही नयाँ गर्छौ, सेवा गर्छौँ भनेर आउनुभयो। अन्य पार्टीमा त्यो स्वतन्त्रता छैन। अहिले हामीले नयाँ अनुहार मात्र होइन नयाँ विचार पनि लिएर आएका छौँ। यसमा जोसुकै व्यक्ति पनि सहभागी हुनसक्छ।

अरू राजनीतिक पार्टीका नेताले तपाईंलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भयो ?
सुरुमा उहाँहरूलाई हामी यो रूपमा आउँछौँ भन्ने नै थिएन। हाम्रा योजना एजेन्डालाई जनताले स्वीकार गर्नुभएको छ। नयाँ अभियान लिएर आउँदा हाम्रा कुराहरू लागू भएका पनि छन्। यो सवाललाई सकारात्मक रूपमा लिनुपर्ने छ।

सभापतिमा लागेको दागले गर्दा यो पार्टी चोखो हुन सकेन। यो दागले पार्टीलाई कमजोर बनाएको छ कि बलियो ?
सभापतिमाथि दाग लाग्यो भन्नु मिथ्या होइन। हाम्रा पनि कमीकमजोरी छन्। नेपाली जनताको महानताले यो बहसलाई नकारात्मक बनाउनु भएन किनभने यो ठूलो अपराध थिएन। हिजोको वैधानिकता चितवनबाट उहाँले जसरी ल्याउनु भयो त्यो भन्दा अहिले झन् फराकिलो जनमत आउँछ। हरेक मान्छेबाट गल्ती हुन्छन्। तर ती गल्ती हेरेर हुन्छन्। सानो गल्तीले उसलाई सखाप बनाउनु हुँदैन। त्यसैले चितवन-२ बाट हिजोको भन्दा फराक मतान्तरसहितको जित हुन्छ।

चितवन-२ बाट हिजोको भन्दा ठूलो मतान्तर हुने आधार के छ ?
त्यसको आधार भनेको हामी छोटो समयमा मन्त्रालयमा बस्यौं। त्यसमा कोही विवादमा पर्नु भएन। सभापति गृह मन्त्रालयमा हुँदा पनि विवादमा पर्नु भएन। हामीले उठाएका मुद्दालाई हेरेर हामीले गरेका कर्मका कारण हामीमाथि भरोसा जनतामा छ।

अहिलेको परिवेशमा छैटौँ पार्टीले नेतृत्व गर्न पाउने भन्ने कुरा छ। संसदमा चौंथो दल तपाईंहरु सरकारको नेतृत्व गर्न पाउने अवस्था आयो हैन त ?
हामीलाई हाम्रो हैसियत र उपस्थित के हो भनेर थाहा छ। हामी काम गर्न चाहन्छौँ। सत्ता चाहिएको होइन। यो देशको पहिलो र दोस्रो पार्टीले देश चलाओस् भन्ने हामीमा छ। तर यहाँ छैटौं पार्टीले नेतृत्व गर्ने भन्ने पनि छ। आज हामीले मुद्दा मिल्दा विचार मिल्दा सहकार्य मात्र गर्ने हो।

उपनिर्वाचनमा उठेका तीनै जनालाई संसदमा पठाउने हो ?
तीन जनालाई नै जनताको अभिमत दिएर संसदमा नै पठाउँछौँ। चितवन-२ बाट पार्टी सभापति रवि लामिछाने, तनहुँ १ बाट डा. स्वर्णिम वाग्ले र बारा-२ बाट रमेश खरेललाई अगाडि बढाएका छौं। हामी संसदमा रहेको संख्यामा तीन जना थप गर्न चाहन्छौँ। उप निर्वाचनबाट त्यो सम्भव छ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १० : ०६ बजे

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको