इन्जिनियरका प्राध्यापकहरुवीच शुभकामना आदानप्रदान « Khabarhub

इन्जिनियरका प्राध्यापकहरुवीच शुभकामना आदानप्रदान


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा अध्यापनरत प्राध्यापक तथा कर्मचारीहरुबीच नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेज त्यही रुपमा स्थापित होस् भनी शुभकामना व्यक्त गरे ।

नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेजलाई केही तत्वहरुले निजी बनाउने दुष्प्रयास गरेको चर्चा गर्दै कुनै हालतमा पनि निजी बनाउन नदिने घोषणा गरे ।

कार्यक्रमका कलेजका सहायक प्राचार्य दुर्गाप्रसाद भण्डारी, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष दीपक धामी, प्रगतिशील प्राध्यापक संघका अध्यक्ष दिगम्वर खोटेजा, प्रशासन प्रमुख श्रीमा शर्मा, स्वतन्त्र कर्मचारी संघका अध्यक्ष मनोहर खनाललगायतले कलेजलाई कुनै हालतमा पनि निजी हुन नदिने सामूहिक प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १० : ३० बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र