एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता « Khabarhub

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले गत भदौ २३ र २४ गते गरेको आन्दोलनलाई देशी विदेशी षडयन्त्र भनेकोमा कांग्रेसले भने त्यसलाई विद्रोहको रूपमा आधिकारिक परिभाषित गरेको छ ।

कांग्रेसको चालु दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा भदौ २३ र २४ नवयुवाको आह्वानमा विद्रोह भएको उल्लेख गरिएको छ । 

‘एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाहरूको विश्वसनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगतिविरुद्ध जनताको विस्फोटको रूपमा थियो त्यो विद्रोह’ प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जेन-जी विद्रोहको मर्म परिवर्तन भएको भन्दै जेन-जी विद्रोहको सन्देश ग्रहण गर्दै विशेष महाधिवशेनबाट भविष्यको यात्रा तय गर्नुपर्ने थापाद्वारा प्रस्तावित राजनीतिक प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : ४७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा