इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान « Khabarhub

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम अपनाउन र देशभित्र सूचना पहुँच सुनिश्चित गर्न आग्रह गरेका छन् । आइतबार महासचिवका प्रवक्ताले उक्त जानकारी दिएका छन् ।

महासचिवका प्रवक्ता स्टेफान दुजारिकले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘महासचिवले इरानी अधिकारीहरूलाई अत्यन्त संयम अपनाउन तथा अनावश्यक बल प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।’

वक्तव्यमा इरानभित्र सूचना प्रवाह सहज बनाउने कदम चाल्न, विशेषगरी अवरुद्ध सञ्चार सेवाहरू पुनःस्थापना गर्न पनि महासचिवले आग्रह गरेको उल्लेख गरिएको छ ।

गत डिसेम्बरको अन्त्यदेखि इरानका विभिन्न सहरहरूमा प्रदर्शनहरू सुरु भएका छन् । राष्ट्रिय मुद्राको मूल्य तीव्र रूपमा घट्नु र लामो समयदेखि कायम आर्थिक कठिनाइका कारण जनआक्रोश बढेको बताइएको छ । इरानी अधिकारीहरूले प्रदर्शन भएको स्वीकार गर्दै आर्थिक गुनासाहरू समाधान गर्न इच्छुक रहेको जनाएका छन्, यद्यपि हिंसा र तोडफोडप्रति चेतावनी दिएका छन् ।

शुक्रबार टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले राष्ट्रिय एकता कायम राख्न नागरिकहरूलाई आग्रह गरेका थिए । उनले केही प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिकालाई खुसी पार्ने प्रयास गरिरहेको आरोप पनि लगाएका थिए ।

प्रदर्शनका क्रममा प्रहरी र सरकारद्वारा ‘उपद्रवी’ भनिएका समूहबीच झडप भएको र त्यसमा केही मानिसको ज्यान गएको खबर आएको छ । तर हालसम्म मृतकको आधिकारिक सङ्ख्या सार्वजनिक गरिएको छैन ।

संयुक्त राष्ट्रसङ्घले इरानको अवस्थालाई नजिकबाट नियालिरहेको र सबै पक्षलाई शान्ति, संवाद तथा मानवअधिकारको सम्मान गर्न आग्रह गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : ०३ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर